कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्न लागिएको हो ।
काठमाडौं, मंसिर २९ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।
सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्न लागिएको हो ।
पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको जानकारी गराइएको छ ।
बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशानुसार अनुरोध गरेको छ ।
प्रकाशित मिति: ०८:०८ बजे, सोमबार, मंसिर २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












