Kathmandu Press

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक, पुस १ गते नेतृत्वका लागि मतदान 

एमालेको केन्द्रीय निर्वाचन आयोगका डा.विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्। निर्वाचन कार्यतालिका अनुसार सोमबार बिहान ७ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ। 
एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक, पुस १ गते नेतृत्वका लागि मतदान 

काठमाडौं, मंसिर २८ : एमालेको एघारौं महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका डा.विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्। निर्वाचन कार्यतालिका अनुसार सोमबार बिहान ७ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ। 

Hardik ivf

सोमबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसैदिन ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध, साढे ९ बजे दाबी विरोधको सूचना प्रकाशन, १० बजे दाबी विरोध उपर छानबिन र सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ।

निर्वाच कार्यतालिका अनुसार सोमबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। पुस १ गते ११ देखि ५ बजेसम्म मतदान हुने कार्यतालिका तय भएको छ।

प्रकाशित मिति: २०:२१ बजे, आइतबार, मंसिर २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्