Kathmandu Press

अध्यक्षका दाबेदार पोखरेलले गरेको ओलीको आलोचना 

‘गत भदौ २२ गते हामी जुन निस्कर्षमा पुगेका थियौं, त्यो ठाउँमा रहेनछौं।  सबै ध्वस्त भयो, बाह्य कारण प्रमुख हो की आन्तरिक कारण निर्णायक हो यो प्रश्नको निराकारण गर्नै पर्छ । हामीले सबै राम्रै राम्रो गर्यौं ? तर असफल भयौं? किन ? हामीसँग राज्य संयन्त्र थियो। के राज्य संयन्त्र निकम्मा हो ? वा हामीबाट कमजोरी भयो?’
अध्यक्षका दाबेदार पोखरेलले गरेको ओलीको आलोचना 

काठमाडौं, मंसिर २८ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बन्द सत्रमा आफ्नो फरक अवधारणा पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्। 

११ औं महाधिवेशनअन्तर्गत आज साँझ शुरु भएको बन्द सत्रमा पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका हुन्। 

Hardik ivf

उनले जेनजी पुस्ताको आन्दोलन हुँदा एमालेकै नेतृत्वमा सरकार रहेको बताउँदै राम्रो काम गर्न नसकेर असफल भएको बताए । पोखरेलले राज्य संयन्त्र साथमा हुँदाहुँदै सरकार काम गर्न असफल भएको दाबी गर्दै उनले के राज्य संयन्त्र निकम्मा हो ? भन्ने प्रश्न पनि गरे। 

उनले सरकारको असफलताले भदौ २२ र २३ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण सबै ध्वस्त भएको पनि बताए । कमजोरीतर्फ ध्यान नदिए अघि बढ्न नसकिने पनि बताए। 

उनले भने, ‘गत भदौ २२ गते हामी जुन निस्कर्षमा पुगेका थियौं, त्यो ठाउँमा रहेनछौं।  सबै ध्वस्त भयो, बाह्य कारण प्रमुख हो की आन्तरिक कारण निर्णायक हो यो प्रश्नको निराकारण गर्नै पर्छ । हामीले सबै राम्रै राम्रो गर्यौं ? तर असफल भयौं? किन ? हामीसँग राज्य संयन्त्र थियो। के राज्य संयन्त्र निकम्मा हो ? वा हामीबाट कमजोरी भयो?’

पार्टी सञ्चालनबारे पुनर्विचार आवश्यक रहेको बताउँदै उनले बाह्य षड्यन्त्रलाई जिम्मा लगाएर मात्र हाम्रो कार्यभार नसकिने उनको भनाई थियो । साथै पोखरेलले ११ औं महाधिवेशनलाई एकता महाधिवेशनको सन्देश दिनुपर्नेसमेत बताए।

१०औं महाधिवेशनमा कतिपय विषयमा विगतबारे आत्मसमीक्षा गर्नुपर्ने भए पनि त्यस्तो केही नभएको गुनासो पनि उनले गरे । पार्टीको नीति र विधिमा समस्या नरहेको तर व्यवहारमा समस्या रहेको स्वीकार्नुपर्ने पोखरेलको अवधारणामा उल्लेख छ। 

प्रकाशित मिति: १८:३७ बजे, आइतबार, मंसिर २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्