Kathmandu Press

अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी

 ‘यो जिम्मेवारी चुनौतिपूर्ण छ। यसका लागि समय, लगनशीलता र सबैको साथ आवश्यक छ। संस्कृति, पर्यटन र नागरिक उड्डयनजस्ता विषयलाई सञ्चारमाध्यमले जसरी प्रस्तुत गर्छन्, जनताले पनि त्यही रूपमा बुझ्ने गर्छन्,’ उनले भने।
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी

काठमाडौं, मंसिर २८ : सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी पाएका अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन्। आइतबार मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि बोल्दै मन्त्री सिन्हाले मन्त्रालयको जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण रहेको बताए। 

Hardik ivf

 ‘यो जिम्मेवारी चुनौतिपूर्ण छ। यसका लागि समय, लगनशीलता र सबैको साथ आवश्यक छ। संस्कृति, पर्यटन र नागरिक उड्डयनजस्ता विषयलाई सञ्चारमाध्यमले जसरी प्रस्तुत गर्छन्, जनताले पनि त्यही रूपमा बुझ्ने गर्छन्,’ उनले भने।

उनले आफ्नो पहिलो प्राथमिकताका रूपमा हिमाली क्षेत्रहरूमा थुप्रिएको फोहोर व्यवस्थापनलाई अघि बढाइने बताए।

‘हिमाली क्षेत्रमा अत्यधिक फोहोर जम्मा भएको विषयमा अदालतबाट समेत आदेश जारी भएको छ। सो आदेशको पालना गर्न हामीले तत्काल काम गर्नुपर्छ,’ उनले भने।

शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा मौजुदा मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई पर्यटन मन्त्रालयको पनि जिम्मेवारी तोकेकी थिइन्।

सिन्हाले यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन्।

प्रकाशित मिति: १८:२३ बजे, आइतबार, मंसिर २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्