Kathmandu Press

कांग्रेस नेता चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले उनीविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो कायम मुद्दा दायर गरेको छ। यस्तै बिगोबमोजिमको जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय माग पनि अख्तियारले गरेको छ। 
कांग्रेस नेता चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, मंसिर २८ : नेपाली कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभा अन्तर्गतकाृ अर्थ समितिका निवर्तमान सभापति चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेला चालिसे ले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो। चालिसेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दर्ता गरिएको छ। 

अख्तियारमा परेको उजुरीमा अनुसन्धान हुँदा उनीबाट आर्जित ८ करोड ५६ लाख रुपैयाँ बराबर सम्पत्ति मध्ये ४ करोड ८८ लाख रुपैयाँ मात्रै वैध रूपमा आर्जन गरेको दाबी अख्तियारको छ।

चालिसकेको ३ करोड ६८ लाख रुपैयाँसम्पत्ति अवैध देखिएको दाबी अख्तियारको छ । चालिसेसँगै उनकी पत्नी मन्दिरा चालिसे, छोरा सागर चालिसे तथा सञ्जिव चालिसे र बुहारी प्रमिला पोखरेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ । 

चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयर बनेका थिए। उनको पाँच वर्षे कार्यकाल सकिएपछि कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए। चालिसेले सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति विवरण उल्लेख नगरी लुकाइछिपाइ झुट्टा विवरण पेस गरेको आरोप अख्तियारले लगाएको छ। 

उनीबाट आर्जित अवैध सम्पत्ति जफत गरी विगो वमोजिम जरिबाना र भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप जेल सजायको माग अख्तियारले गरेको छ। 

प्रकाशित मिति: १६:०८ बजे, आइतबार, मंसिर २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्