Kathmandu Press

एमाल ११औं महाधिवेशन : बन्द सत्र सुरु

अहिले बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। उनले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्थाबारे भनाइ राख्नेछन्। 
एमाल ११औं महाधिवेशन : बन्द सत्र सुरु

काठमडौं, मंसिर २८ : नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा केही बेरअघिबाट बन्दसत्र सुरु भएको हो।

आइतबार बिहानैबाट सुरु हुने भनिएको बन्द सत्र दिउँसो ३ बजेका लागि सारिएको थियाे। बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधिहरू सहभागी छन् ।

अहिले बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। उनले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्थाबारे भनाइ राख्नेछन्। 

बन्दसत्र सञ्चालनका लागि अध्यक्षमण्डल गठन हुनेछ। जसले निर्वाचन आयोगलाई प्रक्रिया अघि बढाउन निर्देशन दिनेछ।

आइतबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या हेरफेरको निर्णय गरेको थियो। अब पार्टीमा वरिष्ठ उपाध्यक्ष पद रहनेछैन।

महाधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ।

प्रकाशित मिति: १६:०० बजे, आइतबार, मंसिर २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्