Kathmandu Press

प्रहरी प्रमुख कार्की भन्छन्– आन्दोलनमा आक्रमण भएपनि सुरक्षामा प्रहरी नै आवश्यक पर्छ भन्ने हेक्का सवैलाई छ

‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने प्रवृत्ति देखिएको छ,’ कार्कीले भने, ‘आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण भएतापनि अन्ततः शान्तिसुरक्षा कायम गर्न प्रहरी नै आवश्यक पर्छ भन्ने हेक्का भने सवैलाई भएको छ।’ 
प्रहरी प्रमुख कार्की भन्छन्– आन्दोलनमा आक्रमण भएपनि सुरक्षामा प्रहरी नै आवश्यक पर्छ भन्ने हेक्का सवैलाई छ

काठमाडौं, मंसिर २८ : प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृतिलाई अन्त्य गर्न आग्रह गरेका छन्। 

आइतबार बौद्धमा पुननिर्मित प्रहरी कार्यालयको उद्घाटन गर्दै कार्कीले यस्तो आग्रह गरेका हुन्। जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको बौद्ध प्रहरी कार्यालयको पुननिर्माण गरिएको हो। 

Hardik ivf

आन्दोलनमा शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीलाई नै निशाना बनाउने प्रवृति रहेको भनाई प्रहरी प्रमुख कार्कीको छ। 

‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने प्रवृत्ति देखिएको छ,’ कार्कीले भने, ‘आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण भएतापनि अन्ततः शान्तिसुरक्षा कायम गर्न प्रहरी नै आवश्यक पर्छ भन्ने हेक्का भने सवैलाई भएको छ।’ 

कार्कीले नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागीताले नै मुलुकभरमा शान्ति सुरक्षा कायम हुने पनि बताए। उनले नागरिक र प्रहरीको सम्बन्धलाई प्रगाढ गर्दै अघि बढ्न पनि प्रहरीलाई निर्देशन दिए। 

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, मंसिर २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्