एमालेकाे केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने
११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रअघि बसेको केन्द्रिय किमिटि बैठकले महाधिवेशन पछि केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने निर्णय गरेको हो।
काठमाडौं, मंसिर २८ : नेकपा एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने भएको छ।
११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रअघि बसेको केन्द्रिय किमिटि बैठकले महाधिवेशन पछि केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने निर्णय गरेको हो।
बैठकमा अध्यक्ष केपी ओलीले उक्त निर्णयबारे जानकारी दिए।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत विधान महाधिवेशनबाट पारित विषयलाई नचलाउन माग गरेको भए पनि बहुमतले १०औँ महाधिवेशनअनुसार नै कायम गर्ने निर्णय भएको छ।
बैठकको आरम्भ गर्दै अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको बताए।
बैठकमा महासचिव शंकर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेण्डा प्रस्तुत गरेका एि।
प्रकाशित मिति: १४:४७ बजे, आइतबार, मंसिर २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












