Kathmandu Press

एमालेमा वरिष्ठ उपाध्यक्ष पद हट्यो, विधान संशोधनमार्फत पदाधिकारी संख्या बढाइयो  

एमाले केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो। 
एमालेमा वरिष्ठ उपाध्यक्ष पद हट्यो, विधान संशोधनमार्फत पदाधिकारी संख्या बढाइयो  

काठमाडौं, मंसिर २८ : एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय लिएको छ। एमाले केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो। 

विधानबाट वष्ठि उपाध्यक्ष हटाउने गरी विधान संशोधन गरिएको छ। विधानमा अब १९ जना पदाधिकारी बनाउने गरी प्रस्ताव बन्द सत्रमा प्रस्तुत हुने भएको छ। 

अन्तिम समयमा केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाएर विधान संशोधन गरेको छ। 

अब एमालेमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने छन् भने पोलिटब्युरो सदस्यको एक तिहाइ स्थायी कमिटी बनाइने छ। 

विधानतः पोलिटब्युरो ९९ सदस्यीय हुनेछ। केन्द्रीय कमिटी भने २ सय ५१ बाट बढाएर ३ सय १ जना बनाइएको छ।
 

प्रकाशित मिति: १३:५५ बजे, आइतबार, मंसिर २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्