एमाले महाधिवेशनमा शाक्य र ज्ञवाली उम्मेदवार नबन्ने
केन्द्रीय कमिटी बैठकमा शाक्य र ज्ञवालीले उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।
काठमाडौं, मंसिर २८ : नेकपा एमालेको ११औं महाधिवेशनमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली उम्मेदवार नबन्ने भएका छन्।
केन्द्रीय कमिटी बैठकमा शाक्य र ज्ञवालीले उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।
बैठकमा बोल्दै उपाध्यक्ष शाक्यले भनिन्, ‘अब म यो ११औं महाधिवेशन लड्दिनँ, कुनै पनि उम्मेदवार हुन्न ।’ उनले आफू ७० वर्ष पुगेकाले उम्मेदवार नबन्ने बताएकी हुन्।
शाक्य ७० वर्षे उमेरहदको पक्षमा छिन्। एमालेको विधानमा यसअघि ७० वर्षे उमेरहद राखिए पनि केपी शर्मा ओलीले तेस्रो पटक अध्यक्षको उम्मेदवार बन्नका लागि हटाएका थिए।
एकाले उपाध्यक्ष ज्ञवालीले पनि महाधिवेशनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफु ७० वर्ष नाघेकाले फेरि चुनाव नउठ्ने बताए। ज्ञावाली पनि ७० वर्षे उमेरहदका पक्षमा छन् ।
प्रकाशित मिति: १४:२७ बजे, आइतबार, मंसिर २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












