Kathmandu Press

महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीबाट निष्कासित 

सार्वजनिक रुपमा प्रश्न उठेपछि सम्बोधन हुनुपर्ने बताउँदै उनलाई निलम्वन गर्नुपरेको ट्रान्सपरेन्सीले जनाएको छ। 
महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सीबाट निष्कासित 

काठमाडौं, मंसिर २८ : ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालले महान्यायाधीवक्ता सबिता भण्डारी बरालको साधारण सदस्यता निलम्बन गरेको छ।

भण्डारी डिम्व तश्करी प्रकरणमा मुछिएपछि ट्रान्सपरेन्सीको कार्यसमितिले उक्त निर्णय गरेको हो। सार्वजनिक रुपमा प्रश्न उठेपछि सम्बोधन हुनुपर्ने बताउँदै उनलाई निलम्वन गर्नुपरेको ट्रान्सपरेन्सीले जनाएको छ। 

डिम्व तस्करी विवाद उत्पन्न भएपछि राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिए पनि अस्वीकार गरेका कारण निलम्वन गर्नुपरेको जनाइएको छ। 

डिम्व प्रकरणमा आफुले महान्यायाधिवक्ताको रुपमा गर्नुपर्ने निर्णयका बिषयमा प्रश्न उठ्दै आएको छ । बरिष्ठ अधिवक्ता समेत रहेकी सविता भण्डारी बराल उक्त संस्थामा साधारण सदस्य छन् । उनी कार्यसमितिमा पनि निर्वाचित भएकी थिइन्।
 

प्रकाशित मिति: १३:३८ बजे, आइतबार, मंसिर २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्