एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल
बैठकको आरम्भ गर्दै अध्यक्ष केपी ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको बताए।
काठमाडौं, मंसिर २८ : नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ।
बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बैठक भएको हो।
बैठकको आरम्भ गर्दै अध्यक्ष केपी ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको बताए।
बैठकमा महासचिव शंकर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेण्डा प्रस्तुत गरेका थिए।
प्रकाशित मिति: १२:५६ बजे, आइतबार, मंसिर २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)