Kathmandu Press

लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्‍याउन आवश्यक छ : उपाध्यक्ष घिमिरे

उनले संसद्लाई अझै जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउन सांसद, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र जनताले साझा प्रयास गर्नुपर्ने धारणा राखिन्।
लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्‍याउन आवश्यक छ : उपाध्यक्ष घिमिरे

काठमाडौं, मसिर २८ : राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्दै लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता रहेको बताएकी छिन्।

आइतबार संसद् सेवा दिवस-२०८२ का अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पुर्याएको बताएकी हुन्।

Hardik ivf

उनले संसद्लाई अझै जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउन सांसद, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र जनताले साझा प्रयास गर्नुपर्ने धारणा राखिन्।

संसद् बलियो हुँदामात्र संविधान कार्यान्वयन हुन्छ, शासन उत्तरदायी बन्छ र जनताले सुशासन अनुभव गर्न पाउँने बताउँदै उनले सबै पक्षको साझा प्रतिबद्धता र समन्वयात्मक प्रयासबाट मात्र संसद्को गरिमा पुनःस्थापना गर्न सकिने धारणा राखिन्।

प्रकाशित मिति: ११:३२ बजे, आइतबार, मंसिर २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्