Kathmandu Press

मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : अध्यक्ष लिङ्देन

उनले वर्तमान संविधान प्रभावहीन भइसकेको दाबी गर्दै त्यसलाई जबरजस्ती जोगाउने प्रयासले देशलाई थप दुर्घटनातर्फ लैजाने चेतावनी दिए । यसका सट्टा देशमा नयाँ राजनीतिक समझदारी आवश्यक रहेको उनको भनाइ थियो। 
मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : अध्यक्ष लिङ्देन

काठमाडौं, मंसिर २७ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक अत्यन्तै विषम परिस्थितिमा रहेको बताएका छन्। 

नेकपा एमालेको ११औँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अहिले नेपालको निर्णायकत्व संकटमा परेको र देश गम्भीर रूपमा भू–राजनीतिक चक्रव्यूहमा फसेको उल्लेख गरे।

Hardik ivf

‘अहिले मुलुक अत्यन्तै विषम परस्थितीमा छ भन्ने कुरा हामी कसैले नर्कान सक्दैनौं। अहिले नेपालको निर्णायकत्व संकटमा परेको छ। नेपाल गम्भीर रुपमा भूराजनीतिक चक्रभ्यूमा फसेको छ । यस्तो बेला आ–आफ्ना राजनीतिक मान्यता र दर्शनहरुले काम गर्नुपर्छ,’ उनले भने, ‘संविधान त मरिसकेको छ, त्यसकारण संविधानलाई जबरजस्त ब्यूँताएर देशलाई थप दुर्घटनामा लैजाने भन्दापनि अब देशमा एउटा नयाँ समझदारी कायम गर्नुपर्छ।’

उनले वर्तमान संविधान प्रभावहीन भइसकेको दाबी गर्दै त्यसलाई जबरजस्ती जोगाउने प्रयासले देशलाई थप दुर्घटनातर्फ लैजाने चेतावनी दिए । यसका सट्टा देशमा नयाँ राजनीतिक समझदारी आवश्यक रहेको उनको भनाइ थियो। 

अध्यक्ष लिङ्देनले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा देशले अपूरणीय क्षति व्यहोरेको उल्लेख गर्दै अब सबैले देशलाई केन्द्रमा राखेर देशकै हितमा निर्णय गर्नुपर्नेमा जोड दिए।

उनले भावी परिवर्तनका क्रममा तीनवटा आधारभूत उपलब्धिहरू जोगाउनुपर्ने बताए । तीमध्ये २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था तथा २०६२÷६३ को आन्दोलनबाट स्थापित समावेशी र समानुपातिक प्रणालीलाई संरक्षण गर्दै नयाँ राष्ट्रिय समझदारी कायम गर्नुपर्ने उनको धारणा थियो।
 

प्रकाशित मिति: १९:११ बजे, शनिबार, मंसिर २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्