Kathmandu Press

नेपालको संविधान अहिले कोमामा पुगेजस्तो भएको छ : देव गुरुङ

‘यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्र गम्भिर संकटको अवस्थामा छ । संवैधानिक हिसाबमा भन्नुपर्दा नेपालको संविधान एउटा कोमामा पुगेको जस्तो अवस्था छ,’ उनले भने।
नेपालको संविधान अहिले कोमामा पुगेजस्तो भएको छ : देव गुरुङ

काठमाडौं, मंसिर २७ : नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का महासचिव देव गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर संकटको अवस्थामा रहेको बताएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले हाल नेपालको संविधान कोमामा पुगेको जस्तो अवस्था आएको उल्लेख गरेका हुन्।

‘यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्र गम्भिर संकटको अवस्थामा छ । संवैधानिक हिसाबमा भन्नुपर्दा नेपालको संविधान एउटा कोमामा पुगेको जस्तो अवस्था छ,’ उनले भने।

Hardik ivf

उनले संविधानलाई पुनः संवैधानिक ट्रयाकमा ल्याउनु अहिलेको प्रमुख कार्यभार भएको बताए। महासचिव गुरुङले मुलुकको लोकतन्त्र र गणतन्त्रसँगै राष्ट्रिय स्वाधीनताको प्रश्न पनि गम्भीर चुनौतीको रूपमा देखिएको बताए।

‘संविधानलाई संवैधानिक ट्रयाकमा ल्याउनुपर्ने प्रमुख कार्यभार रहेको छ। मुलुकको लोकतन्त्र, गणतन्त्रसँग जोडिएको अर्को मुद्दा मुलुकको स्वाधिनतासँग पनि जोडिएको छ । मुलुकको स्वाधिनता, सुगौली सन्धीदेखि आजसम्मको इतिहास हेर्ने हो भने सबैभन्दा संकट यतिखेर राष्ट्रिय स्वाधिनतामाथि संकट पैदा भएको छ,’ उनले भने।

सुगौली सन्धीदेखि हालसम्मको इतिहास हेर्दा यतिखेर राष्ट्रिय स्वाधीनतामाथि सबैभन्दा ठूलो संकट उत्पन्न भएको उनको भनाइ थियो।

उनले मुलुकको लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको संरक्षण अहिलेको प्रमुख चुनौती बनेको उल्लेख गर्दै त्यसका लागि महत्वपूर्ण नीतिगत निर्णय लिनुका साथै लोकतान्त्रिक विधिबाट अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १९:०६ बजे, शनिबार, मंसिर २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्