Kathmandu Press

एमाले महाधिवेशन उद्घाटन शत्रमा रञ्जिता श्रेष्ठले भनिन्– देशको विकास र राष्ट्रियताको मुद्दामा एमालेसँग सहकार्य खुला छ 

विशेषगरी नाकाबन्दीको समयमा राष्ट्रियता र स्वाभिमानको अडानलाई विश्वसामु स्थापित गर्न नेकपा एमालेले खेलेको भूमिका र देखाएको नेतृत्व अत्यन्तै प्रशंसनीय रहेको भन्दै उनले यसको खुलेर प्रशंसा गर्नुपर्ने बताइन्।
एमाले महाधिवेशन उद्घाटन शत्रमा रञ्जिता श्रेष्ठले भनिन्– देशको विकास र राष्ट्रियताको मुद्दामा एमालेसँग सहकार्य खुला छ 

काठमाडौं, मंसि २७ : नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक रहेको बताएकी छन्। 

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफूहरू इतिहासको साक्षी बन्न मात्र नभई जिम्मेवारीपूर्ण भविष्य र राष्ट्रहितको साझा संकल्प बोकेर उपस्थित भएको उल्लेख गरिन्।

Hardik ivf

उनले देशभर गाउँ–गाउँमा सडक सञ्जाल विस्तार, आधारभूत पूर्वाधार, ऊर्जा तथा कनेक्टिभिटी विकासको गति बढाउन आवश्यक रहेको धारणा राखिन्। विशेषगरी नाकाबन्दीको समयमा राष्ट्रियता र स्वाभिमानको अडानलाई विश्वसामु स्थापित गर्न नेकपा एमालेले खेलेको भूमिका र देखाएको नेतृत्व अत्यन्तै प्रशंसनीय रहेको भन्दै उनले यसको खुलेर प्रशंसा गर्नुपर्ने बताइन्।

‘हामी सबै इहितासको साक्षी बन्न मात्र होइन, जिम्मेवार भविष्य र राष्ट्रहितको साझा संकल्प बोकेर पनि यहाँ उपस्थित भएका छौँ। देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिने सन्र्दभमा गाउँ गाउँमा सडक सञ्जाल आधारभूत पूर्वाधार उर्जा र कन्केटिभिटिको विकासको गति बढाउन आवश्यक छ,’ उनले भनिन्, ‘विशेषगरी नाकाबन्दीको समयमा राष्ट्रियता र स्वाभिमानको अडानलाई विश्वसामु स्थापित गर्न नेकपा एमालेले खेलेको भूमिका र देखाएको नेतृत्व एकदमै प्रसंसनिय छ । यो कुराको प्रसंसा हामी सबैले गर्नैपर्छ।’

अध्यक्ष श्रेष्ठले एक्लै हिँडेर कुनै पनि गन्तव्यमा पुग्न नसकिने उल्लेख गर्दै यसका लागि सबै राजनीतिक शक्तिहरूबीच विश्वास, संवाद र उच्चस्तरीय सहकार्य अपरिहार्य रहेको बताइन्।

यससन्दर्भमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट स्पष्ट धारणा राख्दै अध्यक्ष श्रेष्ठले राष्ट्रियता संरक्षण, देशको विकास तथा लोकतान्त्रिक संरचनाको सुदृढीकरणजस्ता मुद्दामा नेकपा एमालेसँग सहकार्यका लागि आफ्नो पार्टीको ढोका सधैं खुला रहने स्पष्ट पारिन्।

‘एक्लै हिँडेर कोही पनि गन्तब्यमा पुग्न सकिँदैन। यसका लागि सबै राजनीतिक शक्तिहरुबीच विश्वास, संवाद र उच्च स्तरीय संवादको कार्य अपरिहार्य छ। यस सन्दर्भमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट स्पष्ट कुरा राख्न चाहन्छु राष्ट्रियता संरक्षण देशको विकास र लोकतान्त्रि संरचनाको सुदृढिकरण जस्ता मुद्दमा एमालेसँग हाम्रो सहकार्यको ढोका सधैं खुला रहने छ,’ उनले भनिन्।

प्रकाशित मिति: १४:४७ बजे, शनिबार, मंसिर २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्