Kathmandu Press

एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनपिलको फाइनललाई नेपाली खेलकुदका लागि ऐतिहासिक क्षण भएको बताएकी हुन्।
एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री

काठमाडौं, मंसिर २७ : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपील)को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनपिलको फाइनललाई नेपाली खेलकुदका लागि ऐतिहासिक क्षण भएको बताएकी हुन्।

Hardik ivf

उनले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवै टोलीलाई शुभकामना दिँदै यस प्रतियोगिताले सिंगो देशलाई जिताएको र जगाएको उल्लेख गरेकी छन्।

उनले एनपीलले सारा नेपालीलाई एउटै भावनामा जोड्न सफल भएको बताउँदै, सुरक्षा सम्बन्धी आशंका चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम राष्ट्र हो भन्ने सन्देश विश्वभर पुगेको उल्लेख गरेकी हुन्।

उनका अनुसार खेल केवल जित–हारमा सीमित नभइ राष्ट्रिय एकता, आत्मविश्वास र सम्भावनाको प्रतिक बनेको छ। उनले एनपीलको सफल आयोजनाका लागि आयोजक, खेलाडी, सुरक्षाकर्मी र खेलप्रेमी सबैलाई धन्यवाद समेत व्यक्त गरेकी छन्।

प्रकाशित मिति: ११:२८ बजे, शनिबार, मंसिर २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्