Kathmandu Press

मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

शनिबार बिहान मन्त्री घिसिङले चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा बन्न लागेको नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’को निरीक्षण गरेका हुन्।
मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

काठमाडौं, मंसिर २७ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आज बिहानै नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण गरेका छन्।

शनिबार बिहान मन्त्री घिसिङले चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा बन्न लागेको नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’को निरीक्षण गरेका हुन्।

उनले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल गरि ठेक्का सम्झौता बमोजिम समयमा निर्माण सम्पन्न गरि नमुना परियोजनाको रुपमा उदाहरणीय रुपमा प्रस्तुत हुने गरि कार्य अघि बढाउन आग्रह गरे।

४२० मिटर लम्बाइ रहेको उक्त पुल रु १ अर्ब ६९ करोड लागतमा बन्न लागेको छ भने पुलको मुख्य निर्माण सुरु गर्नु अगाडीका कामहरु भैरहेको छ ।
पुलको मनसुन सुरु हुनु अघि नै पाएल फाउन्डेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

पूलको निर्माण २०८४ जेठ भित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ। पुलको लम्बाइ ४२० मिटर रहेको छ।

पुलको मुख्य बिशेषताको रुपमा दुइ ठुला पाइलोन कन्क्रिट टावरमा स्टे–केवलबाट पुललाइ सपोर्ट गर्ने सिस्टम रहेको छ। यसैगरी मन्त्री घिसिङले नारायणी तटबन्दको बिषयमा पनि जानकारी लिएका छन्।

प्रकाशित मिति: ०९:३७ बजे, शनिबार, मंसिर २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्