एमालेको ११औँ महाधिवेशन आजदेखि
पार्टीको भावी नेतृत्व चयन, नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले आयोजना गरिएको महाधिवेशनलाई एमालेले संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
काठमाडौं, मंसिर २७ : नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ।
शनिबार उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन देशभरबाट नेता तथा कार्यकर्ताहरू भक्तपुर पुगेका छन्।
पार्टीको भावी नेतृत्व चयन, नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले आयोजना गरिएको महाधिवेशनलाई एमालेले संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
महाधिवेशनमा पार्टी अध्यक्ष, महासचिवसहित केन्द्रीय नेतृत्व चयन हुनुका साथै राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ।
प्रकाशित मिति: ०८:३० बजे, शनिबार, मंसिर २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












