Kathmandu Press

नेताहरुले बिचौलियाहरुलाई टाउकोमा राख्दा नागरिकहरुले दुःख पाए : मन्त्री इङ्नाम

मन्त्री इङ्नामले कुनै नेतामाथि व्यक्तिगत रुपमा आरोप नलगाएको भन्दै नेताको काम नेतृत्व दिने, जनताको हितको लागि काम गर्ने भएपनि त्यस्तो केही पनि नभएको बताए।
नेताहरुले बिचौलियाहरुलाई टाउकोमा राख्दा नागरिकहरुले दुःख पाए : मन्त्री इङ्नाम

काठमाडौं, मंसिर २६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नामले नेताहरुले बिचौलियाहरुलाई टाउकोमा राख्दा नागरिकहरुले दुःख पाएको बताएका छन्।

शुक्रबार पदभार ग्रहण गर्दै उनले नेताहरुले कमीशन खानको लागि बिचौलियाहरुलाई टाउको वा गोजिमा राखेर हिड्ने गरेकाले नागरिकहरुले दुःख पाएको बताए।

Hardik ivf

‘नेपाल पहिलादेखि नै कृषिकर्म गर्दै आएको देश हो। कृषि सहजताका साथ गर्न सक्ने अवस्थामा पनि छौं। तर यसको उपयोग हुन सकेन। यसमा केही दोषहरु छन्। उत्पादन भएको सामानलाई बजारीकरण गर्न सकेनौं,’ उनले भने, ‘दोस्रो कुरा हामीले बिचौलियाहरुलाई धेरै प्राथमिकता दियौं, नेताहरु पनि आफै लागे बिचौलियाहरुलाई टाउकोमा राख्न, गोजिमा राखेर हिडे । कमीशन खानको लागि नेताहरुले बाटो बिराए। यसले गर्दा नागरिकहरुले दुःख पाएका हुन्।’

मन्त्री इङ्नामले कुनै नेतामाथि व्यक्तिगत रुपमा आरोप नलगाएको भन्दै नेताको काम नेतृत्व दिने, जनताको हितको लागि काम गर्ने भएपनि त्यस्तो केही पनि नभएको बताए।

 ‘अर्को कुरा देशमा रोजगारीको राम्रो अवसर नभएको हुनाले युवाहरु विदेश गएको र त्यसकारणले पनि जमिनहरु बाझो हुदैँ गएको छ । यसमा सबै दोष नेताको छ । मैले कुनै नेतामाथि व्यक्तिगत रुपमा आरोप लगाएको होइन् । नेताको काम नेतृत्व दिने हो जनताको हित कसरी हुन्छ भनेर सोच्ने हो । तर यस्तो कामहरु केही पनि गरेको देखिएन्,’ उनले भने।

प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, मंसिर २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्