Kathmandu Press

पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने– भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु

आफूसँग सुरक्षा क्षेत्रको अनुभव भएका कारणले पनि गिरोहको जालो तोड्न सकिने उनको विश्वास छ। भाषण गर्ने भन्दापनि एक्सनमा उत्रिने उनी बताउँछन्। 
पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने– भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु

काठमाडौं, मंसिर २६ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा राजेन्द्रसिंह भण्डारीले पदभार ग्रहण गरेका छन्। 

शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्री भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले मन्त्रालय पुगेर पदवहाली गरेका हुन्।

Hardik ivf

पदभार ग्रहणपछि उनले जेनजी आन्दोलनमा सहभागी संगठित गिरोहहरुलाई कठोर कारवाही गर्नुपर्ने बताए। आफूसँग सुरक्षा क्षेत्रको अनुभव भएका कारणले पनि गिरोहको जालो तोड्न सकिने उनको विश्वास छ। भाषण गर्ने भन्दापनि एक्सनमा उत्रिने उनी बताउँछन्। 

‘जतिपनि संगठित गिरोहहरु छन् । तिनीहरुलाई कठोर कारवाही गर्नुपर्छ । यो जालो तोड्नैपर्छ । त्यसमा मेरो अनुभवले काम गर्छ भन्नेमा विश्वास छ । लामो भाषण गरेर भन्दापनि एक्सनमा काम गरेर जनतालाई सुशासनको अनुभूति गराउनुपर्ने,’ उनले भने।

उनले आन्दोलनमा जेनजीहरुको पीडा जस्तै प्रहरीहरुको पनि भएको कारण सुरक्षा क्षेत्रको आवाजलाई मन्त्रालयमा लैजान आफू चुनिएको बताए। 

‘आन्दोलनमा जुन खालको जेनजीहरुको पीडा छ, उत्तिकै प्रहरीहरुको पनि छ। दुईवटै क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको छ। त्यसैले सुरक्षा क्षेत्रको आवाजलाई पनि मन्त्रालयमा कसरी लैजान सकिन्छ भनेर भनेर मलाई छनोट गरिएको हुनसक्छ,’ उनले भने।

प्रकाशित मिति: १७:४६ बजे, शुक्रबार, मंसिर २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्