Kathmandu Press

नवनियुक्त चार मन्त्रीले लिए शपथ

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपतिको कार्यालय शीतल निवासमा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं, मंसिर २६ : नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपतिको कार्यालय शीतल निवासमा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

Hardik ivf

कुमार इङनाम, माधव चौलागाई, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठले मन्त्री पदको शपथ लिएका हुन्। 

इङनामलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, चौलागाईलाई वन तथा वातावरण, भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई महिला तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।

मन्त्री श्रेष्ठ यसअघि नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक थिइन्। उनी पर्यटन बोर्डमा ‘सस्टेनेबल टुरिजम’ परियोजना प्रमुखका पमा कार्यरत थिइन्। 

भूमि मन्त्रालयको जिम्मेवारी सम्हालेका इङ्नाम काठमाडौं स्कुल अफ ल का प्राध्यापक हुन् । उनी अन्तर्राष्ट्रिय व्यापार तथा मध्यस्थता र वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञ मानिन्छन् । इङ्नामले विभिनन बिषयमा किताब पनि लेखेका छन्। 

श्रम मन्त्रालको जिम्मेवारी सम्हालेका भण्डारी नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक हुन्। उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का संस्थापक प्रमुख थिए । चौलागाईं जनस्वास्थ्य विज्ञ हुन्। उनले कर्णाली क्षेत्रमाथि गहन अनुसन्धान गरेका छन्। 

साथै, ‘सपादलक्ष कर्णाली’ किताब प्रकाशित छ । उनको ‘मान्ठ हुँ म मान्ठ’ बालको चर्चित गीत निकै लोकप्रीय छ । 
 

प्रकाशित मिति: १६:०७ बजे, शुक्रबार, मंसिर २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्