एमाले महाधिवेशनको तयारी पुरा, पाँच सय ‘ड्रेस कोड’ स्वयंसेवक परिचालन गरिने
सल्लाघारीस्थित १०८ रोपनी क्षेत्रफलको चौरमा एमाले महाधिवेशन हुन लागेको बताइएको छ। एमालेले शनिबारबाटसुरु हुने ११औँ महाधिवेशनलाई भयरहित बनाउनपाँच सय भन्दा बढी स्वयंसेवक परिचालन गर्ने भएको छ।
काठमाडौं, मंसिर २६ : एमालेको ११ औँ महाधिवेशनको तयारी पुरा भएको छ।
एमालेद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी पुरा भएको जानकारी दिइएको हो। एमाले स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले उद्घाटन समारोहमा करिब तीन लाखजनाको उपस्थिति रहने जानकारी दिए
सल्लाघारीस्थित १०८ रोपनी क्षेत्रफलको चौरमा एमाले महाधिवेशन हुन लागेको बताइएको छ। एमालेले शनिबारबाटसुरु हुने ११औँ महाधिवेशनलाई भयरहित बनाउनपाँच सय भन्दा बढी स्वयंसेवक परिचालन गर्ने भएको छ।
स्वयंसेवक समिति संयोजक भानुभक्त ढकालका अनुसार २४ जनसंगठनबाट प्रतिनिधित्व गराएर ५ सयभन्दा बढी स्वयंसेवकलाई विशेष ‘ड्रेस कोड’सहित खटाउने तयारी गरिएको छ।
महाधवेशन भयरहित ढंगले सम्पन्न गर्न २४ वटा जनसंगठनबाट प्रतिनिधित्व गराएर ५ सयभन्दा बढी स्वयंसेवक ‘ड्रेस कोड’ हुनेगरी परिचालन गर्ने तयारी गरिएको हो।
‘५ सय स्वयंसेवकभित्र पनि हामीले नेतृत्व कमाण्डको व्यवस्था गरेका छौँ । प्रत्येक १० जना बराबर १ कमाण्डरको संरचनाबाट त्यो काम गरेका छौँ,’ पत्रकार सम्मेलनमा ढकालले भने।
यसबाहेक महाधिवेशनपछिका कार्यक्रमलाई व्यवस्थित बनाउन खुला संरचनामा १० हजार भिन्नै स्वयंसेवक पनि परिचालन गरिने पनि ढकालले बताए। उनीहरु विभिन्न जनसंगठनमार्फत परिचालित हुनेछन्। जसमा अनेरास्ववियु, युवा संघ र जीफन्टलगायत हुने जनाइएको छ।
महाधिवेशनका निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा जान सकिने व्यवस्था गरिएको छ। महाधिवेशनमा करिब दुई सय बढी वेशभूषाका झाँकी प्रदर्शन गरिने छ।












