Kathmandu Press

एमाले महाधिवेशन : थापागाउँदेखि च्यासलसम्म विद्या–ईश्वर पक्षको ‘रेड मार्च’

एमालेको इतर पक्ष भनिने विद्या–ईश्वर पक्षधर नेता कार्यकर्ताले एमालेको केन्द्रीय कार्यालयसम्म मार्चपास र्‍याली निकालेका हुन्। 
एमाले महाधिवेशन : थापागाउँदेखि च्यासलसम्म विद्या–ईश्वर पक्षको ‘रेड मार्च’

काठमाडौं, मंसिर २६ : नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा पूर्वराष्ट्रपति विद्या देवी भण्डारी र अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षधरले काठमाडौंको थापागाउँदेखि च्यासलसम्म ‘रेड मार्च’ गरेको छ। 

एमालेको इतर पक्ष भनिने विद्या–ईश्वर पक्षधर नेता कार्यकर्ताले एमालेको केन्द्रीय कार्यालयसम्म मार्चपास र्‍याली निकालेका हुन्। 

र्‍याली अहिले थापागाउँथित मदन भण्डारी फाउण्डेशनकोसम्पर्क कार्यालयबाट रातो क्याप लगाएर रेड मार्च गर्दै च्यासल गइरहेको छ। शनिबार भक्तपुरको सल्लाघारीमा एमालेको एघारौं महाधिवेशनको उद्घाटन सत्र हुँदैछ। त्यसपछि बन्दसत्र शुरु हुनेछ। 

महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। थापागाउँस्थित मदन भण्डारी फाउन्डेशनको सम्पर्क कार्यालयमा पोखरेल पक्षका नेता कार्यकर्ताहरू भेला भएर चुनावका लागि आफ्नो तयारी गरिरहेका छन्। 

भक्तपुरको गुन्डुस्थित निवासमा ओली पक्षका नेताहरू चुनावी रणनीतिका लागि जमघट भएका छन्। 

प्रकाशित मिति: १५:०६ बजे, शुक्रबार, मंसिर २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्