Kathmandu Press

पाल्पामा जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु 

अरुणखोलाबाट पाल्पाको रामपुर तर्फ जाँदै गरेको लेकबेसी यातायातको लु १ ज ३९०८ नम्बरको जिप निस्दी गाउँपालिका–४ मित्याल चिउरेबासको घुम्ती नजिक बाट करिब ६०० मिटर तल खसेको थियो। 
पाल्पामा जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु 

पाल्पा, मंसिर २६ : पाल्पामा भएको जिप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक तीनै जना महिला हुन्। 

अरुणखोलाबाट पाल्पाको रामपुर तर्फ जाँदै गरेको लेकबेसी यातायातको लु १ ज ३९०८ नम्बरको जिप निस्दी गाउँपालिका–४ मित्याल चिउरेबासको घुम्ती नजिक बाट करिब ६०० मिटर तल खसेको थियो। 

दुर्घटनामा घाइते आठ जना घाइते भएका छन्। उनीहरुलाई उद्धार गरेर अस्पताल लगिएको छ।

दुर्घटनाबाट जोगिन कतिपय यात्रु छतबाट हाम फालेका थिए। उकालोमा गाडी रोकेर यात्रु ओराल्ने क्रममा गाडी नै भीरबाट खसेको थियो। 

घाइतेमध्ये पाँच जनाको मध्यबिन्दु प्रादेशिक अस्पताल डन्डा नवलपुर उपचार भइरहेको छ । तीन जनाको सिएमकी चितवनमा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १४:२३ बजे, शुक्रबार, मंसिर २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्