Kathmandu Press

पर्यटन बोर्डको कर्मचारी श्रद्धा मन्त्रीमा सिफारिस  

श्रद्धा पर्यटन बोर्डमा ‘सस्टेनेबल टुरिजम’ परियोजना प्रमुखका रूपमा कार्यरत थिइन्।
पर्यटन बोर्डको कर्मचारी श्रद्धा मन्त्रीमा सिफारिस  

काठमाडौं, मंसिर २६ : नेपाल पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक भएर काम गरिरहेकी श्रद्धा श्रेष्ठ सिधै मन्त्रीमा सिफारिस भएकी छिन्। 

उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरिएको छ। अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा पर्यटन बोर्डकी कर्मचारी श्रद्धा मन्त्री बन्न लागेकी हुन्। 

उनले आज ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ लिँदैछिन्। उनीसँगै अरु ३ जना नयाँ मन्त्री पनि थपिएका छन्। 

श्रद्धा पर्यटन बोर्डमा ‘सस्टेनेबल टुरिजम’ परियोजना प्रमुखका रूपमा कार्यरत थिइन्।
 
प्रकाशित मिति: १४:०९ बजे, शुक्रबार, मंसिर २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्