आज चारजना मन्त्री थपिँदै, सपथ ३ बजे
नयाँ मन्त्री हुनेमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामको नाम शितल निवास पुगेको छ।
काठमाडौं, मंसिर २६ : प्रधानमन्त्री सुशीला कार्कीले चारजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्दै छिन्।
प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्।
नयाँ मन्त्री हुनेमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामको नाम शितल निवास पुगेको छ। श्रेष्ठलाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारी श्रम र इङ्नाम भूमि तथा व्यवस्थापन मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।
आजै दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीको शपथ हुँदै छ । मन्त्रिमण्डल चौंथोपटक विस्तार भएपछि १४ सदस्यीय हुने भएको छ।
प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, मंसिर २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












