फ्रिक्वेन्सी बोलकबोलमा टेलिकम र एनसेलमात्रै, बक्यौता नतिरेकाले स्मार्ट र युटिएल आउट
काठमाडौँ, फागुन २४ : दूर सञ्चारको फ्रिक्वेन्सी बोलकबोलमा नेपाल टेलिकम र एनसेलले मात्रै आवेदन दिएका छन् ।
नेपाल दूर सञ्चार प्राधिकरणले ....
काठमाडौँ, फागुन २४ : दूर सञ्चारको फ्रिक्वेन्सी बोलकबोलमा नेपाल टेलिकम र एनसेलले मात्रै आवेदन दिएका छन् ।
नेपाल दूर सञ्चार प्राधिकरणले फ्रिक्वेन्सी बोलकबोलको प्रक्रियाका विषयमा अदालतमा मुद्दा परेपछि तीन पटक स्थगित गरेको थियो ।
गत पुस ४ गते फ्रिक्वेन्सी बोलबोलका लागि सर्त राखेर दूर सञ्चार कम्पनीहरुबाट आवेदन माग गर्दा दुईवटा कम्पनीले मात्र आवेदन दर्ता गराएका छन् ।
प्राधिकरणका अनुसार नेपाल टेलिकमले १८ सय ब्यान्डका लागि मात्र आवेदन दिएको छ । एनसेलले भने बोलकबोलका लागि खुला गरिएका तीनवटै ब्यान्ड ९ सय, १८ सय र २१ सयमा आवेदन दर्ता गरेको छ ।
प्राधिकरणले आधारभूत दूर सञ्चार सेवाको अनुमतिपत्र प्राप्त गरेको, प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता चुक्ता भैसकेको लगायतका सर्त अघि सारेपछि टेलिकम क्षेत्रका दुई ठूला कम्पनीले मात्रै आवेदन दिएका हुन् ।
टेलिकम र एनसेलबाहेक स्मार्ट टेलिकम र युटिएलले आधारभूत दूर सञ्चारको लाइसेन्स पाएका छन् तर स्मार्ट र युटिएलले प्राधिकरणलाई बुझाउनुपर्ने ठूलो रकम बक्यौता बाँकी छ । त्यसलै उनीहरु बोलकबोलमा सहभागी हुन नपाएका हुन् ।
प्राधिकरणले तत्कालका लागि १८ सय ब्यान्डमा मात्र बोलकबोलमार्फत फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढाउने छ ।
दुईवटा कम्पनी सहभागी भएकोले १८ सयमा बोलकबोलको प्रक्रिया अघि बढ्ने प्राधिकरणले जनाएको छ । ९ सय र २१ सय ब्यान्डका लागि भने फेरि अर्को सूचना प्रकाशित गरेर आवेदन माग गर्ने प्राधिकरणले जनाएको छ ।