Kathmandu Press

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस

आज (बिहीबार) बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस देखिएको मौसम पूर्वानमानुमान महाशाखाले जनाएको छ । 
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस

काठमाडौं, मंसिर २६ : केही दिनयता काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्दो छ।

आज (बिहीबार) बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस देखिएको मौसम पूर्वानमानुमान महाशाखाले जनाएको छ । 

हिजो बिहीबार पनि यो समयमा उपत्यकाको न्यूनतम तापक्रम त्यति नै थियो तर पछि बिहान ८ः४५ बजे घटेर ५.४ डिग्री सेल्सियसमा झरेको थियो। सबैभन्दा तल झरेको तापक्रम नै त्यस दिनको न्यूनतम तापक्रम हो।

आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः मापन गरिन्छ। त्यतिबेलासम्म उपत्यकाको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना रहन्छ।   

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ। मौसमविद्का अनुसार न्यूनतम बिहान ८ः४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५ः४५ बजे मापन गरिन्छ।

प्रकाशित मिति: ०७:०६ बजे, शुक्रबार, मंसिर २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्