Kathmandu Press

नुवाकोट–१ बाट प्रतिनिधिसभाका लागि कांग्रेस प्रवक्ता डा.महतको एकल सिफारिस

बुधबार क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ डा.महतको नाम मात्र सिफारिस गर्ने निर्णय गरेको हो। 
नुवाकोट–१ बाट प्रतिनिधिसभाका लागि कांग्रेस प्रवक्ता डा.महतको एकल सिफारिस

काठमाडौं, मंसिर २५ : नुवाकोट–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतको एकल नाम सिफारिस भएको छ। 

बुधबार क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ डा.महतको नाम मात्र सिफारिस गर्ने निर्णय गरेको हो। 

डा.महतको एकल सिफारिससँगै समानुपातिकतर्फ कृष्णबहादुर लामा, महेन्द्र थिङ, कविराज गुरुङ, प्रकाश गौतम, भवानी देवकोटा, अन्जु आचार्य र कल्पना नेपालीको नाम सिफारिस भएको छ। 

राष्ट्रियसभा सदस्यका लागि रामकृष्ण थापा र भाग्यश्री लामाको नाम सिफारिस भएको छ। 

प्रकाशित मिति: २०:३१ बजे, बिहीबार, मंसिर २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्