जेनजी मिराज ढुंगानाको समूहलाई सिंहदरबार गेटबाट लखेटियो
ढुंगाना नेतृत्वको समूह विहीबार साँझ सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेको थियो। उक्त समूहले बुधबार सरकार र जेनजीबीच भएको सहमतिको विरोध गर्न विरोध प्रदर्शनमा उत्रिएको थियो।
काठमाडौं, मंसिर २५ : प्रहरीले जेनजी अगुवा मिराज ढुंगानाको समूहलाई सिंहदरबार गेटबाट हटाएको छ।
ढुंगाना नेतृत्वको समूह विहीबार साँझ सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेको थियो। उक्त समूहले बुधबार सरकार र जेनजीबीच भएको सहमतिको विरोध गर्न विरोध प्रदर्शनमा उत्रिएको थियो।
प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रिएको सो समूहलाई सिंहदरबारबाट हटाएको हो । उनीहरुलाई प्रहरीले निषेधित क्षेत्र घोषित सिंहदरबारको गेटबाट हटाए पनि कसैलाई पक्राउ भने गरेको छैन।
प्रकाशित मिति: २०:२६ बजे, बिहीबार, मंसिर २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












