Kathmandu Press

मंसिर २९ रातिबाट कांग्रेस क्रियाशिल सदस्यता नवीकरण प्रणाली बन्द हुने

निर्णय अनुसार २९ मंसिरको राति १२ बजेदेखि क्रियाशील सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने भनिएको छ । हाल समितिले नवीकरणको ‘डाटा इन्ट्री’ का लागि ७७ वटै जिल्ला सभापतिहरूलाई ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराएर काम गरिरहेको छ।
मंसिर २९ रातिबाट कांग्रेस क्रियाशिल सदस्यता नवीकरण प्रणाली बन्द हुने

काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले मंसिर २९ गतेको रातीबाट सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली बन्द गर्ने निर्णय लिएको छ। 

कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वमा रहेको समितिको बिहीबार बसेको बैठकले उक्त निर्णय लिएको हो। निर्णय अनुसार २९ मंसिरको राति १२ बजेदेखि क्रियाशील सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने भनिएको छ । हाल समितिले नवीकरणको ‘डाटा इन्ट्री’ का लागि ७७ वटै जिल्ला सभापतिहरूलाई ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराएर काम गरिरहेको छ।

Hardik ivf

समितिले आगामी आइतबार बैठक बसेर पार्टीका विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्थालगायतको विषयमा निर्णय गर्ने भएको छ । समितिले परिपत्रअनुसार नयाँ क्रियाशील सदस्यता वितरण भएनभएको बिषयमा जानकारी लिने निर्णय पनि गरेको छ । यता, नेपाली कांग्रेसले पार्टीका सह–महामन्त्री महेन्द्र यादवको नेतृत्वमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गरेको छ। 

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समितिको संयोजक र सदस्यहरू मनोनीत गरेका हुन् । समितिका सदस्यहरूमा केन्द्रीय सदस्यहरू शिवप्रसाद हुमागाईं, प्रा.डा.गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विक रहेका छन्। गत मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका अनुसार क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो। 

यादव नेतृत्वको छानविन समितिलाई समितिलाई ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ बाट सहमति भई आएको क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सूची र प्रतिवेदन अध्ययन गर्ने मुख्य जिम्मेवारी तोकिएको छ। 

यादव नेतृत्वको समितिले सदस्यतासम्बन्धी परेका उजुरीहरूमाथि छानबिन गरी तोकिएको समयसीमाभित्र १५औं महाधिवेशन प्रयोजनका लागि क्रियाशील सदस्यहरूको अन्तिम सूची तयार पार्नेछ। 


 

प्रकाशित मिति: २०:२३ बजे, बिहीबार, मंसिर २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्