Kathmandu Press

महाधिवेशनबाट आफू निर्विरोध अध्यक्ष हुने ओलीको दाबी  

‘मेरो उठ्ने, नउठ्ने भन्ने कुरा अहिले पनि के लाग्छ भने अलिकति परिस्थिति त्यस्तोतिर गइराखेको देख्दिनँ। फेरि पनि अलिक आशा छ मलाई कि मेरोविरुद्ध कोही नउठ्ला । म निर्विरोध हुन्छु भने मेरो मूल्यांकन हो । त्यसो गर्दाखेरि राम्रो हुन्छ,’ उनले भने।
महाधिवेशनबाट आफू निर्विरोध अध्यक्ष हुने ओलीको दाबी  

काठमाडौं, मंसिर २५ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी महाधिवेशनमा आफू निर्विरोध अध्यक्ष बन्ने दाबी गरेका छन्। 

एमालेको ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको संवादकाक्रममा आफ्नाविरुद्ध कोही पनि नउठ्ने अ‍ेलीले बताए। 

‘मेरो उठ्ने, नउठ्ने भन्ने कुरा अहिले पनि के लाग्छ भने अलिकति परिस्थिति त्यस्तोतिर गइराखेको देख्दिनँ। फेरि पनि अलिक आशा छ मलाई कि मेरोविरुद्ध कोही नउठ्ला । म निर्विरोध हुन्छु भने मेरो मूल्यांकन हो । त्यसो गर्दाखेरि राम्रो हुन्छ,’ उनले भने।

ओलीले शुक्रबार बस्ने सचिवालय बैठमा यसबारे छलफल हुने पनि बताए। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आन्तरिक लोकतन्त्रको वकालत गर्ने मान्छे आफू नै भएको दाबी समेत गरेका छन्। 

‘पार्टीमा हराइन्छ, हारिन्छ, जसरी होस् म हारेँ भनेर घोषणा गरेपछि मैले कुनै प्रकारको सिकायत गरिनँ। आठौंमा हराइँए, नवौंमा लडेर जितेँ। पार्टीभित्र लोकतान्त्रिक अभ्यासको वकालत मैले गरेको हुँ । अरु पार्टीमा पनि मैले विभिन्न हिसाबले चर्को दबाब दिएको हुँ,’ उनले संवादकाक्रममा भने।

प्रकाशित मिति: १६:१३ बजे, बिहीबार, मंसिर २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्