भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ६ जनामाथि भ्रष्टाचार अभियाेग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव भट्टराई, शाखा अधिकृत यज्ञ अर्याल र विचौलियासमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
काठमाडौं, मंसिर २५ : भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रकम असुली गरेको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव भट्टराई, शाखा अधिकृत यज्ञ अर्याल र विचौलियासमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख रहेका भट्टराई सहित ६ जनालाई भ्रष्टाचारमा सजाय माग गर्दै मुद्दा चलाएको हो। भिजिट भिषा तस्करी प्रकरणमा भट्टराईलाई पक्राउ गरी अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अख्तियारले सहसचिव भट्टराईविरुद्ध करिब ७९ लाख र अर्यालविरुद्ध ५ लाख बिगो माग दाबी गरेको छ । अन्य चार जना प्रतिबादी भिजिट भिषा तस्करीमा बिचौलियालगायतको भूमिकामा काम गर्नेहरु रहेका छन्।
सहसचिव भट्टराई यसअघि भूकम्प पीडितलाई बाँड्न त्रिपाल खरिद गर्दा अनियमितता गरेको आरोपमा पनि विवादमा परेका थिए । अख्तियारले २०७२ सालमा काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी रहेका भट्टराईसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । उनले विशेष अदालतबाट सफाइ पाएका थिए।
-1765546431.jpg)






-1765546431.jpg)




