Kathmandu Press

जेनजी र सरकारबीचको सम्झौता ‘कलाविहीन भद्दा नाटक’ हाे : एमाले अध्यक्ष ओली

‘हिजो एउटा कलाविहीन नाटक भयो। त्यसमा धेरै भन्नुपर्छ र? यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो?,’ उनले भने, ‘गोबर टाँसेको सरकारले कलाविहीन नाटक ग¥यो नि। त्यहीँ अस्वीकार भयो। त्यहीँ च्यातिदियो नि। त्यसकारण त्यो कलाविहीन भद्दा नाटक हो।’
जेनजी र सरकारबीचको सम्झौता ‘कलाविहीन भद्दा नाटक’ हाे : एमाले अध्यक्ष ओली

काठमाडौं, मंसिर २५ : एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’ भएको बताएका छन्। 

बिहीबार सम्पादकहरूसँगको संवादका क्रममा ओलीले यस्तो भनाई राखेका हुन्। 

‘हिजो एउटा कलाविहीन नाटक भयो। त्यसमा धेरै भन्नुपर्छ र? यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो?,’ उनले भने, ‘गोबर टाँसेको सरकारले कलाविहीन नाटक ग¥यो नि। त्यहीँ अस्वीकार भयो। त्यहीँ च्यातिदियो नि। त्यसकारण त्यो कलाविहीन भद्दा नाटक हो।’

संवादकाक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले कहाँबाट पायो? भन्ने प्रश्न पनि उठाए। उनले संसद् पुनःस्थापना बोहक अर्को विकल्प नभएको पनि बताएका छन्। 

प्रकाशित मिति: १४:४५ बजे, बिहीबार, मंसिर २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्