Kathmandu Press

‘यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन्’

उनले निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकास दिनुपर्ने बताए।  यही अवस्थामा निर्वाचन भइहाल्यो भने पनि राप्रपा निर्वाचनबाट नभाग्ने बताए।
‘यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन्’

काठमाडौं, मंसिर २५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन्।

विहीबार काठमाडौंमा भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा उनले निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकास दिनुपर्ने बताए।  यही अवस्थामा निर्वाचन भइहाल्यो भने पनि राप्रपा निर्वाचनबाट नभाग्ने बताए।

‘यही संविधान र यही अवस्थामा निर्वाचन गर्नु समस्याको समाधान होइन। निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकाश दिएर अगाडि जानुपर्छ,’ उनले भने, ‘जेनजीहरुका मागलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ। निर्वाचन भइहाल्यो भने राप्रपा निर्वाचनबाट भाग्दैन। निर्वाचनको तयारीसँगै अगाडि बढाएर जान्छ।’

अध्यक्ष लिङ्देनले बैठकमा समग्रमा अहिलेको राजनीतिक परिस्थिति, आगामी निर्वाचन, आन्दोलन आदीका बारेमा छलफल र बहस भइरहेको भन्दै बैठकमा सहभागिहरुले आफ्नो भनाई राख्ने काम जारी रहेको बताए। बोल्ने काम सकिपछि भोलि बैठक समापन हुने पनि उनको भनाई छ।

प्रकाशित मिति: १५:१३ बजे, बिहीबार, मंसिर २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्