Kathmandu Press

रवि र छविको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा 

मुद्दा सुनुवाईका लागि तुलसीपुर उच्च अदालतको बुटवल इजलासका न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको संयुक्त इजलासमा मुद्दाको पेशी तय भएको थियो।  उक्त मुद्दा ‘हेर्न नमिल्ने’ मा परेपछि विहीबार स्थगित भएको हो। 
रवि र छविको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा 

बुटबल, मंसिर २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक पूर्वडिआइजी छविलाल जोशी वञ्जाडेको सहकारी ठगी सम्बन्धी मुद्दा विहीबार पनि स्थगित भएको छ।

मुद्दा सुनुवाईका लागि तुलसीपुर उच्च अदालतको बुटवल इजलासका न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको संयुक्त इजलासमा मुद्दाको पेशी तय भएको थियो।  उक्त मुद्दा ‘हेर्न नमिल्ने’ मा परेपछि विहीबार स्थगित भएको हो। 

न्यायाधीश सागर विष्टका आफन्त ठगी मुद्दामा जाहेरवालातर्फको कानून व्यवसायी पर्ने भएकाले सुनुवाइ अघि बढाउन नमिल्ने भएको बताइएको छ। 

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध मुद्दामा लामिछाने र जोशी पुर्पक्षका लागि थुनामा छन्। उक्त मुद्दा विभिन्न कारणल कात्तिक १३ गतेयता लगातार सर्दैआएको छ  

प्रकाशित मिति: १४:५५ बजे, बिहीबार, मंसिर २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्