Kathmandu Press

कांग्रेस सहमहामन्त्री यादवको संयोजकत्वमा क्रियाशिल छानविन समिति 

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समितिको संयोजक र सदस्यहरू मनोनीत गरेका हुन्।
कांग्रेस सहमहामन्त्री यादवको संयोजकत्वमा क्रियाशिल छानविन समिति 

काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवको नेतृत्वमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गरेको छ। 

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समितिको संयोजक र सदस्यहरू मनोनीत गरेका हुन्। समितिका सदस्यहरूमा केन्द्रीय सदस्यहरू शिवप्रसाद हुमागाईं, प्रा.डा.गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विक रहेका छन्। 

गत मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका अनुसार क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो। 

यादव नेतृत्वको छानविन समितिलाई समितिलाई ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ बाट सहमति भई आएको क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सूची र प्रतिवेदन अध्ययन गर्ने मुख्य जिम्मेवारी तोकिएको छ। 

यादव नेतृत्वको समितिले सदस्यतासम्बन्धी परेका उजुरीहरूमाथि छानबिन गरी तोकिएको समयसीमाभित्र १५ औं महाधिवेशन प्रयोजनका लागि क्रियाशील सदस्यहरूको अन्तिम सूची तयार पार्नेछ। 


 

प्रकाशित मिति: १४:५५ बजे, बिहीबार, मंसिर २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्