Kathmandu Press

समानुपातिक निर्वाचन प्रणालीतर्फ नाम फिर्ता लिने समय आज अन्तिम 

निर्वाचन आयोगले एक सूचना प्रकाशन गर्दै आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन सक्ने जानकारी गराएको छ। 
समानुपातिक निर्वाचन प्रणालीतर्फ नाम फिर्ता लिने समय आज अन्तिम 

काठमाडौं, मंसिर २५ : समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकाहरूलाई नाम फिर्ता लिने समय विहीबार अन्तिम रहेको छ। 

निर्वाचन आयोगले एक सूचना प्रकाशन गर्दै आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन सक्ने जानकारी गराएको छ। 

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ एक सय राजनीतिक दलले आवेदन दिएका थिए। आयोगलाई प्राप्त आवेदनबारे अध्ययन गरी यही मंसिर २६ गतेसम्म स्वीकृत गरिने छ। 

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले यही मंसिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न समय दिएको थियो। 

२७५ सदस्यीय प्रतिनिधिसभामा एक सय १० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट छानिनेछन्। 

प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, मंसिर २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्