Kathmandu Press

स्याङ्जा १ बाट राजु थापासहित ११ जनाकाे नाम सिफारिस, खुमा अर्याल र धनराज गुरुङले खोजे दुबै क्षेत्र 

स्याङ्जा–१ बाट प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ ४ जनाले नाम दर्ता गराएका छन्। 
स्याङ्जा १ बाट राजु थापासहित ११ जनाकाे नाम सिफारिस, खुमा अर्याल र धनराज गुरुङले खोजे दुबै क्षेत्र 

काठमाडौं, मंसिर २६ : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा नेपाली काँग्रेसभित्र करिब दर्जन नेताहरुले दाबी पेश गरेका छन्। 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति राजु थापाका अनुसार दाबी पेश गरेका सबैलाई उम्मेदवार सिफारिस गरी केन्द्रका पठाएको छ। जसअनुसार स्याङ्जा–१ बाट प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ ४ जनाले नाम दर्ता गराएका छन्। 

प्रत्यक्षतर्फ दाबी गर्नेमा सभापति एवं विघटित प्रतिनिधि सभाका सदस्य थापा सहित धनराज गुरुङ, मेखलाल श्रेष्ठ, गोविन्दबहादुर रानाभाट, खुमा प्रसाद अर्याल, बुद्धि बहादुर राना (कुमार), अजित अधिकारी खेत्री, प्रेमराज पौडेल, भरतराज ढकाल, बन्दना कुमारी लम्साल र इन्द्रबहादुर रिजाल छन्। 

उम्मेदवार सिफारिस भएका क्षेत्री यसअघि नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा जिल्लाबाट दोश्रो लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । हाल गण्डकी प्रदेश सदस्य एवं कार्यसम्पादन समिति सदस्य समेत रहेका छन्।

यस्तै समानुपातिकतर्फ तुलसी गिरी, धनकुमारी थापा, नारायण ढकाल र दिलिपाश्री अधिकारीले दाबी पेश गरेका छन्।

त्यस्तै, स्याङ्जा–२ बाट प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ६ जनाले दाबी पेश गरेका छन्। प्रत्यक्षमा धनराज गुरुङ, गोपालमान श्रेष्ठ, खुमाप्रसाद अर्याल, भागवतप्रकाश मल्ल, मोहनप्रसाद पाण्डे, शेषकान्त पुरी, केदार काफ्ले, विष्णु पौडेल, युवराज पाण्डे, श्याम बस्याल, ध्रुव शर्मा पंगेनी र माया राना रहेका छन्।

समानुपातिकमा भूमि शर्मा पाण्डे, तुलसी नेपाली, देवका राना, विमला श्रेष्ठ, लिलबहादुर रनपाल र सूर्य माझीले दाबी पेश गरेका हुन्।

उम्मेदवार सिफारिस भएका केन्द्रिय उपसभापति समेत रहेका गुरुङले स्याङ्जाका दुबै क्षेत्रबाट उम्मेदवार बन्न इच्छा व्यक्त गरेका छन् । उनी विघटित प्रतिनिधिसभाका सदस्य समेत हुन्। 

यस्तै मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले दुबै क्षेत्रबाट इच्छा जाहेर गरेका छन्। अर्याल यसअघि पनि उम्मेदवार सिफारिस भएका थिए। 

स्याङ्जाका पुराना नेता तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठले भने स्याङ्जा क्षेत्र नं २ बाट मात्र इच्छा जाहेर गरेका छन्। 
 

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, मंसिर २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्