सम्झौतामा हस्ताक्षरपछि जेनजीहरुबीच तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
जेनजी आन्दोलन संस्थागत गर्नेगरी भएको सम्झौतामा हस्ताक्षर लगत्तै जेनजीहरूको एउटा पक्षले प्रधानमन्त्री कार्यालयमा विवाद गरेका थिए। विवादपछि उनीहरूले सम्झौताको प्रति पनि च्यातिदिएका थिए।
काठमाडौं, मंसिर २५ : जेनजी समुह र सरकारबीच बुधबार सिंहदरबारमा सम्झौता भएको थियो।
जेनजी आन्दोलन संस्थागत गर्नेगरी भएको सम्झौतामा हस्ताक्षर लगत्तै जेनजीहरूको एउटा पक्षले प्रधानमन्त्री कार्यालयमा विवाद गरेका थिए। विवादपछि उनीहरूले सम्झौताको प्रति पनि च्यातिदिएका थिए।
जेनजी प्रतिनिधि र सरकारबीच सम्झौता र प्रधानमन्त्री सुशीला कार्कीको सम्वोधनपछि जेनजी युवायुवतीहरु एक आपसमा झगडा गरेका हुन्।
प्रधानमन्त्रीको सम्वोधन पछि एक युवती राष्ट्रपतिसँग सम्झौता खोइ भएको भन्दै कराउन थालेकी थिइन्।
जेनजीहरुबाटै मन्त्री बनेका बल्लु गुप्ताले पटक पटक सम्झाउने प्रयास गरेका थिए। तर, जेनजीहरु रोकिएनन्।
अर्का युवाले केही सीमित व्यक्तिहरुले आन्दोलनलाई हाइज्याक गरेर टालटुले सम्झौता गरेको आरोप लगाए। अन्य केही युवाले पनि सम्झौता नस्वीकार्ने बताएपछि तनाव उत्पन्न भएको थियो।
प्रकाशित मिति: १०:४७ बजे, बिहीबार, मंसिर २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










