एमाले अध्यक्षका दाबेदार ईश्वर पोखरेल भन्छन्– केपी ओलीले कसैलाई अध्यक्षमा प्रस्ताव गरे सहमति हुनसक्छ
‘सहमति हुनसक्छ। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका खेल्ने, संरक्षक भएर बस्ने र उहाँले महाधिवेशनको हलमा औपचारिक ढंगले अबको लिडरसिप फलानो भनेर प्रस्ताव गर्नुभयो भने सहमति हुनसक्छ।’
काठमाडौं, मंसिर २४ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनको नेतृत्व चयनमा केपी ओलीले कसैलाई अध्यक्षमा प्रस्ताव गरे सहमती हुनसक्ने बताएका छन्।
महाधिवेशनको हलमा औपचारिक ढंगले ओलीबाट प्रश्ताव आएका खण्डमा सहमति हुनसक्ने सम्भावना पोखरेलले औंल्याएका हुन्। बुधबार सम्पादकहरूसँगको अन्तरक्रियामा उनले यस्तो भनाई राखेका हुन्।
एमाले अध्यक्षका दाबेदार रहेका पोखरेलले भने, ‘सहमति हुनसक्छ। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका खेल्ने, संरक्षक भएर बस्ने र उहाँले महाधिवेशनको हलमा औपचारिक ढंगले अबको लिडरसिप फलानो भनेर प्रस्ताव गर्नुभयो भने सहमति हुनसक्छ।’
उनले अरु हिसाबले सहमति हुने संभावना नरहेको पनि बताए। ओलीले आफू हटेर यस्तो प्रश्ताव गरेमा आफ्नो कुनै ‘अब्जेक्सन’ नरहने पनि पोखरेलले बताए । यसअघि पोखरेलले एघारौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुने घोषणा गरिसकेका छन्।












