Kathmandu Press

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

कैलाली, जेठ ६ : माछा मार्ने क्रममा करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु भएको छ। सोमबार राति कैलालीको जानकी गाउँपालिका–१ भुर्साका २१ वर्षीय प्र....

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

कैलाली, जेठ ६ : माछा मार्ने क्रममा करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु भएको छ। सोमबार राति कैलालीको जानकी गाउँपालिका–१ भुर्साका २१ वर्षीय प्रकाश चौधरीको  कर्णाली नदीबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीसंँगै माछा मार्न गएका स्थानीय २५ वर्षीय हरि चौधरी, २० वर्षीय निराजन चौधरी, २५ वर्षीय देव चौधरी र २२ वर्षीय दीपेश चौधरीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

प्रकाशित मिति: १५:४३ बजे, मंगलबार, जेठ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्