Kathmandu Press

‘महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ’

‘महाधिवेशन सफल पार्न प्रतिनिधि साथिहरूले समातेका मुद्दा, कार्यकर्ताको चाहना र जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी पार्टीलाई पुनर्गठित र समृद्ध बनाउनु आवश्यक छ।’
‘महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ’

काठमाडौं, मंसिर २४ : नेकपा एमालेका सचिव गोकर्ण विष्टले महाधिवेशन प्रतिनिधिहरू सार्वभौम र जिम्मेवार भएर महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन्।

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्र्दभमा अन्तर संवाद गर्दै बिष्टले पार्टी नेतृत्व, प्रतिनिधिहरूको भूमिका र महाधिवेशनले देशको पछिल्लो राजनीतिक परिस्थिति समिक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।

पार्टीभित्रका प्रतिनिधिहरू स्वतन्त्र र सार्वभौम हुनुपर्नेमा जोड दिँदै विष्टले भने, ‘महाधिवेशन सफल पार्न प्रतिनिधि साथिहरूले समातेका मुद्दा, कार्यकर्ताको चाहना र जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी पार्टीलाई पुनर्गठित र समृद्ध बनाउनु आवश्यक छ।’

उनले भदौ २३ र २४ पछि मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिको गम्भीर समिक्षा महाधिवेशनले गर्नुपर्ने उल्लेख गरे। 

उनले विधान महाधिवेशनले पारित गरेका कतिपय नीतिगत धाराहरू परिमार्जन गर्दै बदलिँदो सन्दर्भअनुसार जनताका अपेक्षा तथा युवा पुस्ताको चाहना सम्बोधन गर्न पार्टीलाई सक्षम बनाउनु महाधिवेशनको प्रमुख उद्देश्य हुनुपर्ने बताए।

‘भाद्र २३, २४ पछाडि मुलुकमा उत्पन्न परस्थितीलाई हामीले गम्भिरता साथ समिक्षा गर्न जरुरी छ। विधान महाधिवेशनले पारित गरेका कतिपय नीतिगत पक्षहरुलाई परिमार्जन गर्ने, समृद्ध बनाउने परिवर्तित सन्र्दभमा जनता र युवा पुस्ताले जे अपेक्षा राखेको छ त्यो कुरा सम्बोधन गर्ने गरी पार्टीलाई विकास गर्ने तहमा महाधिवेशनले सफलता प्राप्त गर्न सक्नुपर्दछ,’ उनले भने।


 

प्रकाशित मिति: १६:५३ बजे, बुधबार, मंसिर २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्