Kathmandu Press

क्रियाशील सदस्यता सहज र व्यापक रूपमा वितरण गर्न महामन्त्री थापाको ७ बुँदे परिपत्र

परिपत्रमा नयाँ क्रियाशील सदस्यता सहज ढंगले दिन भनिएको छ। कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ।
क्रियाशील सदस्यता सहज र व्यापक रूपमा वितरण गर्न महामन्त्री थापाको ७ बुँदे परिपत्र

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ क्रियाशील सदस्यता सहज र व्यापक रूपमा वितरण गर्न देशैभरका कार्यसमितिमा परिपत्र गरेका छन्। 

क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजकसमेत रहेका थापाले सातै प्रदेश, १६५ प्रतिनिधि सभा क्षेत्र, ३३० प्रदेश सभा क्षेत्र, ६ महानगर, ११ उपमहानगर, सबै नगरपालिका र गाउँपालिका र सबै वडा कार्यसमितिमा परिपत्र गरेका छन्। 

Hardik ivf

परिपत्रमा नयाँ क्रियाशील सदस्यता सहज ढंगले दिन भनिएको छ। कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ। त्यसअघि वडादेखि प्रदेशसम्मको अधिवेशन हुनेछ । सोही प्रयोजनका लागि क्रियाशिल सदस्यताका लागि परिपत्र भएको हो।

महामन्त्री थापाले पठाएको परिपत्रमा उल्ले छ, ‘नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली र केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकोले सोही अनुसार मापदण्ड समेत पठाइसकेको अवस्थामा मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले सदस्यता नवीकरण तथा वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गर्नु गराउन हुन यो परिपत्र गरिएको छ।’ 

परिपत्रमा नयाँ क्रियाशील सदस्यता फारम सबै क्षेत्रमा पठाइसकिएको समेत जनाइएको छ । आगामी पुस ११ गतेभित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्न पत्रमार्फत आग्रह गरिएको छ। 

७ बुँदे परिपत्रमा नवीकरण गर्न योग्य व्यक्तिको नवीकरण कुनै कारणले रोकिएमा केन्द्रले सिधै गरिदिने भएकोले सकेसम्म सम्बन्धित तहमै सबैको नवीकरण गर्न भनिएको छ। 

‘नवीकरण गर्दा मृत्यु भएका, पार्टी परित्याग गरेका, केन्द्रीय अनुशासन समितिले अन्तिम कारबाही गरेर निष्कासन गरेका तथा ’मेरो क्रियाशील नवीकरण नगरिदिनु’ भनी लिखित वा मौखिक आग्रह गरेकाहरु बाहेक सबै सदस्यहरूको नवीकरण अनिवार्य रूपमा गर्न आवश्यक व्यवस्था गर्नुपर्नेछ,’ महामन्त्री थापाले जारी गरेको परिपत्रमा उल्लेख छ। 

प्रकाशित मिति: १५:३८ बजे, बुधबार, मंसिर २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्