Kathmandu Press

असईलाई दोस्री श्रीमती बनाउने डीएसपी नेपाल पक्राउ 

पहिलो श्रीमतिको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिएर नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
असईलाई दोस्री श्रीमती बनाउने डीएसपी नेपाल पक्राउ 

बुटवल, मंसिर २४ : बहुविवाहको आरोपमा नवलपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले नेपाललाई पक्राउ गरेको हो। पहिलो श्रीमतिको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिएर नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

अदालतबाट ३ दिनको अनुसन्धान म्याद लिएर आवश्यक कारबाही अघि ढाइएको छ। नेपालले प्रहरीकै असईलाई दोस्रो विवाह गरेको दाबी उजुरीमा गरिएको थियो। डिएसपी नेपालका नाममा सोमबार पक्राउ पुर्जी जारी भएको थियो। 

डीएसपी नेपाल यसअघि २०७४ सालमा पनि निलम्बनमा परेको तथ्य खुलेको छ। बुटवलस्थित वडा प्रहरी कार्यालय रामनगरमा प्रहरी निरीक्षक पदमा कार्यरत रहँदा गाँजाको कारोबार–सम्बन्धी आर्थिक लेनदेनको विवादमा मुछिएपछि उनलाई निलम्बन गरिएको थियो। 

प्रकाशित मिति: १५:२३ बजे, बुधबार, मंसिर २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्