Kathmandu Press

मतदानस्थल पुनरवलोकनको तयारीमा आयोग 

आयोगले सूचना जारी गर्दै सहज रूपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरवलोकन गर्न लागिएको जानकारी दिएको छ। 
मतदानस्थल पुनरवलोकनको तयारीमा आयोग 

काठमाडौं, मंसिर २४ : मतदाताको सहजताका लागि निर्वाचन आयोगले देशका विभिन्न मतदानस्थलको पुनरवलोकन गर्ने तयारी गरेको छ।

आयोगले सूचना जारी गर्दै सहज रूपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरवलोकन गर्न लागिएको जानकारी दिएको छ। 

सूचना अनुसार आयोगले पुनरवलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ । उक्त कार्यक्रम यही मंसिर २६ गतेसम्म चल्नेछ।

आयोगले नामावलीमा रहेका त्रुटि सच्याउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको जनाएको छ। 

मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालयमा गई वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिन पनि अनुरोध गरिएको छ।

प्रकाशित मिति: १५:१८ बजे, बुधबार, मंसिर २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्