Kathmandu Press

पेनडाउन गरिरहेका भन्सार एजेन्ट र विभागबीच सहमतिपछि आयातनिर्यात सरु 

भन्सार एजेन्ट महासंघले  एजेन्टहरूका माग सम्बोधनका विषयलाई सरकारले सकरात्मक रूपमा लिएको भन्दै सहमति गरिएको जनाएको छ। 
पेनडाउन गरिरहेका भन्सार एजेन्ट र विभागबीच सहमतिपछि आयातनिर्यात सरु 

काठमाडौं, मंसिर २४ : नयाँ भन्सार ऐनका विभिन्न प्रावधानमा असहमति जनाउँदै देशभर पेनडाउन गरिरहेका भन्सार एजेन्ट र भन्सार विभागबीच सहमति भएपछि रोकिएका काम बुधबारदेखि सुरु भएका छन्। 

भन्सार विभागमा भएको दुई पक्षीय वार्तापछि सहमती जुटेको हो। भन्सार एजेन्ट महासंघले  एजेन्टहरूका माग सम्बोधनका विषयलाई सरकारले सकरात्मक रूपमा लिएको भन्दै सहमति गरिएको जनाएको छ। 

भन्सार विभाग र एजेन्ट महासंघबीच मंगलबार पनि वार्ता गरिएको थियो। दुई पक्षीय सहमतिसँगै भन्सार अवरोध खुलेको छ । भन्सार एजेन्ट महासंघको आह्वानमा भन्सार ऐनमा दण्ड–जरिवाना कडा रहेको, कागजात तथा प्रक्रिया सम्बन्धी व्यवस्थाहरू अव्यवहारिक भएकोजस्ता कारण देखाएर मंगलबारदेखि सबै कार्यालयमा काम रोक्का गरिएको थियो । जाँचपास ठप्प भएपछि आयात–निर्यात प्रभावित बनेको थियो। 

भन्सार ऐनमा अव्यावहारिक देखिएका बुँदामा पटक पटक ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको बताउँदै भन्सार एजेन्ट आन्दोलित भएका हुन् । भन्सार एजेण्टहरुले भन्सार जाँचपास क्रममा देखिने ढिलासुस्ती, चोरी–पैठारी लगायत गतिविधि र तिनलाई रोकथाम गर्न आवश्यक सुधार नहुँदा पेशागत काम नै प्रभावित हुने गरेको उनीहरुको भनाई छ। 

व्यावसायिक सामानको क्लियरिङ छिटो–छरितो हुनुपर्नेमा उल्टै ढिलासुस्ती बढ्दा कारोबारकर्ता मारमा परेको पनि आन्दोलित एजेण्टहरुको भनाई छ । भन्सार एजेण्टहरुले मंगलबार पेनडाउन गर्दै जाँचपासमा अवरोध गरेका थिए। सहमतीपछि अवरोध खुलेको छ। 

प्रकाशित मिति: १५:१३ बजे, बुधबार, मंसिर २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्