Kathmandu Press

चन्द्र भण्डारीले कांग्रेस सभापतिमा उम्मेदवारी दिने

‘साथीहरूको जिज्ञासा मेरो धारणा । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित।’
चन्द्र भण्डारीले कांग्रेस सभापतिमा उम्मेदवारी दिने

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

नेता भण्डारीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

भण्डारीले फेसबुकमा लेखेको छन्, ‘साथीहरूको जिज्ञासा मेरो धारणा । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित।’

उनले देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको पनि बताएका छन्। उनले साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्नु पर्ने भनाई पनि राखेका छन्। 

१४औं महाधिवेशनमा भण्डारी कांग्रेसमा डा.शेखर कोइरालाको समूहबाट उपसभापतिका उम्मेदवार थिए । उपसभापतिको दौडमा १ हजार ५८० मत पाएर भण्डारी चौथो भएका थिए ।


 

प्रकाशित मिति: १३:२४ बजे, बुधबार, मंसिर २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्