Kathmandu Press

काठमाडौं–४ बाट कांग्रेस महामन्त्री थापाको नाम एकल सिफारिस 

बुधबार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। 
काठमाडौं–४ बाट कांग्रेस महामन्त्री थापाको नाम एकल सिफारिस 

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल उम्मेदबारका रुपमा सिफारिस गरिएको छ।

बुधबार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। 

समानुपातिकतर्फ राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्माको नाम सिफारिस गरिएको छ। महामन्त्री थापाको नाम रोल्पा, सर्लाही–४ र धनकुटाबाट पनि सिफारिस भइसकेको छ। 

थापा काठमाडौं–४ बाट ३ पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन्। 

प्रकाशित मिति: १३:१३ बजे, बुधबार, मंसिर २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्